सोसल मिडियामा स्टण्डबाजी गरेर जनताको दिमाग चाट्ने काम भएको छ : प्रचण्ड

डिसी नेपाल
१३ माघ २०८२ १५:१९

काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल (एकता पक्षधर समूह) पार्टीबाट विद्रोह गरी पोलिट ब्यूरो सदस्य भिम चापागाईंको नेतृत्वमा नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ।

मंगलबार मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेकपामा समाहित भएको हो।

उक्त समाहित कार्यक्रममा बोल्दै नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले देशमा सिद्धान्त र विचारको खडेरी लागेको बताए। अहिले सामाजिक सञ्जालमा स्टण्डबाजी गरेको आधारमा नै जनताको दिमाग चाट्ने काम भइरहेको भन्दै यसलाई वामपन्थीहरु एकताबद्ध भएर मात्रै चिर्न सकिने उनको भनाई छ।

उनले भने, ‘अहिले देशमा सिद्धान्त र विचारको खडेरी छ। सोसल मिडियामा स्टण्डबाजी गरेको आधारमा नै जनताको दिमाग चाट्ने काम भएको छ। यसलाई हामी सबै एकताबद्ध भएर मात्रै क्रस गर्नसकिन्छ।’

त्यस्तै उनले सिद्धान्ताको दृष्टिकोणले अध्यक्ष किरणप्रति सम्मान रहेको बताउँदै तर बौद्ध भिक्षुक रहेसम्म उनको घण्टी बजाउने तरिकाले यो देशमा केही नहुने टिप्पणी गरे।

‘किरण जीलाई मैले पनि आदार गर्छु, सिद्धान्तको दृष्टिकोणले मेरो मनमा उहाँप्रति आक्रोस छैन, उहाँलाई अपमान गर्न पनि कुनै मन छैन , तर उहाँले बौद्ध भिक्षुक रहेसम्म घण्टी बजाउने तरिकाले यो देशमा हुनेवाला केही छैन,’ उनले भने।

संयोजक प्रचण्डले जेनजी आन्दोलनपछि राष्ट्र गम्भीर र असाधारण अवस्थामा पुगेको भन्दै यस्तो परिस्थितिमा राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने र विदेशी चलखेल रोक्न आवश्यक रहेको कारण वाम एकताको अभियान सुरु गरेको बताए। उनको अनुसार भोलीसम्म वाम एकताको संख्या २३ पुग्दैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *