उज्यालो नेपालका उम्मेदवारपछि सोही क्षेत्रका अर्को पार्टीका उम्मेदवार पनि कांग्रेस छिरे

डिसी नेपाल
१३ माघ २०८२ १६:४७
908
Shares

काठमाडौं । डोल्पामा उज्यालो नेपाल पार्टीका उम्मेदवार नेपाली कांग्रेसमा प्रवेश गरेलगत्तै मितेरी पार्टीकी उम्मेदवार पनि कांग्रेस प्रवेश गरेकी छिन् । डोल्पामा उज्यालो नेपालका उम्मेदवार दिलबहादुर विष्टपछि मितेरी पार्टीकी उम्मेदवार जुनु भण्डारी कांग्रेस प्रवेश गरेकी हुन्।

कांग्रेसका प्रवक्ता देवराज चालिसेले आज केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी विष्ट र भण्डारीले कांग्रेस प्रवेश गरेको बताएका हुन् । उनले फागुन ७ गते जनकपुरमा केन्द्रीयस्तरको आमसभा गर्ने पनि बताए। त्यसपछि अन्य क्षेत्रमा पनि आमसभा हुने उनको भनाइ छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.