नेतृत्वमा सहि व्यक्ति पुग्दा मात्र देश बन्छ : कुलमान घिसिङ

डिसी नेपाल
१३ माघ २०८२ १७:३१
16
Shares

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सहि व्यक्ति नेतृत्वमा नपुगेसम्म देश बन्न नसक्ने बताएका छन्।

मंगलबार काठमाडौं आयोजित पार्टीको रामेछाप–काठमाडौं सम्पर्क मञ्च गठन तथा कार्यकर्ता भेलामा घिसिङले ठूला–ठूला कुरा र नेताहरुको आफ्नै दर्शनले देश बन्न नसकेको भन्दै देश बनाउन सहि व्यक्ति नेतृत्वमा पुग्नुपर्ने बताए।

उहाले यसअघिको निर्वाचनमा पुराना दलहरुले गरेको बिकृति र बिसंगतिलाई अहिले नयाँ भनिएका दलहरुले दोहराएको देख्दा दुख लागेको उल्लेख गरे। उनले देशलाई भ्रष्टाचार मुक्त बनाएर सुशासन कायम गर्न पार्टीका उम्मेद्वारहरुले सुशासनको अभ्यास गर्न सिक्नुपर्ने धारणा राखे।

उनले देशका बिभिन्न क्षेत्रमा धेरै समस्या रहेको भन्दै त्यसलाई समाधान गर्दै देशलाई समृद्धि तर्फ अघि बढाउन उज्यालो पार्टीर्लाइ जनताले विश्वास गर्ने दावी गरे।

कार्यक्रममा बिभिन्न दलबाट आएका कार्यकर्तालाई घिसिङले उज्यालो नेपाल पार्टीमा प्रवेश गराएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *