कांग्रेसद्वारा विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई निर्देशन
काठमाडौं। नेपाली कांग्रेसले आगामी फागुनमा हुने निर्वाचनमा पार्टीलाई विजय गराउने उद्देश्यले सञ्चालन गरिने अभियानका लागि पार्टीका सबै तहमा तत्काल विभिन्न समिति र संरचना गठन गर्न/गराउन निर्देशन जारी गरेको छ।
कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीपङ्क्तिलाई व्यवस्थित रूपले परिचालित गर्न आवश्यक समिति गठनका लागि आज सबै प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई पत्राचार गरिएको पार्टी कार्यालयले जनाएको छ।
कांग्रेस उपसभापति एवं संयोजक तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत निर्वाचन व्यवस्थापन सचिवालय, निर्वाचन परिचालन मूल समिति, निर्वाचन प्रचारप्रसार मूल समिति र १८ देखि ३० वर्ष मुनिका युवालाई सहभागी बनाउने विशेष अभियान सञ्चालन गर्ने उद्देश्यसहित समिति गठन गर्न निर्देशन दिएको छ।
उनले स्थानीय तह समन्वय, वौद्धिक क्षेत्र समन्वय, धार्मिक सङ्घसंस्था समन्वय, निजी क्षेत्र समन्वय, पूर्वआप्रवासी समन्वय, स्थानीय प्रशासन समन्वय र अनुगमन समिति गठन गरी केन्द्रीय कार्यालयमा विवरण पठाउन आग्रह गरेका हुन्। रासस
No ads found for this position



डिसी नेपाल
Facebook Comment