कांग्रेस देश बदल्ने अठोटसहित आएको छ: प्रवक्ता चालिसे

डिसी नेपाल
१६ माघ २०८२ १९:४३
8
Shares

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेस समयानुकूल नयाँ युवाका भावनासहित नवीनसहित आएको बताएका छन्।

कांग्रेसले सुरुआत गरेको ‘कांग्रेस डबली’ संवादका क्रममा आज आयोजित पहिलो संस्करणमा उहाँले बदलिएर आएको कांग्रेस गौरवपूर्ण इतिहास र भरपर्दो भविष्यका साथ निर्वाचनमा होमिएको दाबी गरे।

‘नवयुवाले चाहेको परिवर्तनसँगै कांग्रेसले पनि पार्टी, स्वरूप, शैली र आचरणमा परिवर्तन ल्याएको छ’, प्रवक्ता चालिसेले भने, ‘युवा पुस्तामा कांग्रेस आएको छ। आशाको सिर्जना भएको छ। कांग्रेस बदलेको मात्र होइन, देश बदल्ने अठोटका नीतिसहित आएको छ।’

पहिलो संस्करणमा ‘गैरकांग्रेसको दृष्टिमा अबको कांग्रेस’ विषयमा आज अनलाइनखबरका प्रधान सम्पादक वसन्त बस्नेतसँग संवाद गरिएको थियो।

पत्रकार बस्नेतले फरक मतको संरक्षण र सम्मान तथा अभिव्यक्ति स्वतन्त्रतालाई प्रोत्साहन गर्नेगरी आयोजना गरिएको कार्यक्रम आलोचनात्मक छलफलका लागि उत्कृष्ट रहेका बताए।

उनले दलभित्र आन्तरिक लोकतान्त्रीकरण बलियो हुनुपर्नेमा जोड दिँदै कांग्रेसले नेतृत्वको अनुहार मात्र होइन, विचारसहितको परिवर्तनलाई स्थापित गर्न सुझाव दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *