बानेश्वरमा बस्ने छैन फागुन २१ पछिको प्रतिनिधि सभा बैठक

डिसी नेपाल
१८ माघ २०८२ १६:१९
128
Shares

काठमाडौं । फागुन २१ का लागि तोकिएको निर्वाचनपछि गठन हुने प्रतिनिधि सभाको बैठक नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने छैन । २०६४ मा संविधानसभा निर्वाचनयता संसद भवनको रूपमा प्रयोग हुँदै आएको सम्मेलन केन्द्रमा अब संघीय संसद नरहने भएको हो ।

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभा चुनावपछि आउने नयाँ संसदको लागि नयाँ संसद भवन नै प्रयोग हुने जनाएको छ। नयाँ संसद भवन सिंहदरबार परिसरमा बनेको छ । पूर्ण रूपमा तयार नहुँदा नयाँ भवन अझै प्रयोगमा आएको छैन तर चुनाबपछिसम्म यो भवन तयार हुने संघीय संसद सचिवालयले जनाएको छ ।

यसअघि जेन जी आन्दोलनमा तत्कालीन संघीय संसद भवनको रूपमा रहेको सम्मेलन केन्द्र जलेपछि राष्ट्रिय सभाको बैठक पनि सिंहदरबारमै बस्दै आएको छ । सिंहदरबार परिसरमा रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभाको बैठक बस्ने गरी व्यवस्थापन गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.