पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

डिसी नेपाल
२२ माघ २०८२ १०:३३
632
Shares

काठमाडौं। पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ।

भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ।

निकटस्रोतका अनुसार उनको स्वास्थ्य केही दिनयता जटिल बनेको थियो। त्यसपछि बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचारका लागि राखिएको थियो। जहाँ उनको निधन भएको हो ।

स्वर्गीय भट्टराईको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताएकाे छ। स्वर्गीय भट्टराईका २ छोरा २ छोरी छन्। छोराहरू बाबुराम भट्टराई, शिवप्रसाद भट्टराई र छोरीहरूमा पार्वती भट्टराई र थीरकुमारी भट्टराई हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.