सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार?

डिसी नेपाल
२५ माघ २०८२ १०:४२
15.6k
Shares

काठमाडौं। साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। आज सुन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको हो।

शुक्रबार २ लाख ९१ हजार रुपैयाँमा कारोवार भएको सुन आज ३ लाख ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी ४ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.