जिप दुर्घटनामा चालकको मृत्यु, तीन जना घाइते

डिसी नेपाल
२८ माघ २०८२ १०:३६
92
Shares

दाङ। रुकुमपूर्वबाट तुलसीपुरतर्फ आइरहेको ग१ज ५६६१ नम्बरको जिप आज बिहान राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका-३ चोरखोला नजिक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्युु भएको छ।

कपुरकोटस्थित प्रहरी चौकीका अनुसार रुकुमपूर्वको सिस्ने गाउँपालिका-४ का ३४ वर्षीय जिपचालक विजय विकको घटनास्थलमै मृत्यु भएको हो।

अन्य तीन जना घाइतेलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल पठाइएको छ। घाइतेमध्ये एक बालक र दुई महिला छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.