सोनाम ल्होछारको अवसरमा फेब्रुअरी २१ मा वासिङ्टन डिसीमा लोकगायक राजु परियार घन्किँदै
Screenshot
अमेरिका । आगामी फ्रेब्रुअरी २१ मा वासिङ्टन डिसीमा लोकगायक राजु परियारले आफ्नो प्रस्तुति दिने भएका छन्। ‘तामाङ सोसाइटी ग्रेटर वासिङ्टन यूएसए’को आयोजनामा हुने सोनाम ल्होछार २८६२, घोडा वर्षको पावन अवसरमा परियारले आफ्नो सांगीतिक प्रस्तुति दिने भएका हुन्।
अमेरिकाको राजधानी क्षेत्र नजिक नर्दर्न भर्जिनियामा बसोबास गर्ने नेपाली तथा तामाङ समुदायको सांस्कृतिक पहिचान संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले फेब्रुअरी २१, २०२६ मा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।
कार्यक्रम तामाङ समुदायको महत्त्वपूर्ण पर्व सोनाम ल्होछारको अवसरमा आयोजना गरिन लागेको हो। कार्यक्रमको पहिलो चरणमा सुमित्रा लामा तामाङ र बिनोद तामाङद्वारा प्रस्तुति हुनेछ। त्यसपछि अन्य स्थानीय कलाकारले तामाङ सेलो प्रस्तुत गर्नेछन्।
यसपछि परम्परागत तामाङ सांस्कृतिक डम्फु, टुङ्ना, मुरली जस्ता प्रमुख बाजाहरूको तालमा तामाङ नृत्य तथा समूह प्रस्तुति गरिनेछ।
कार्यक्रममार्फत अमेरिकास्थित नेपाली तथा तामाङ समुदायबीच सांस्कृतिक सम्पर्क, आपसी सहयोग र सामूहिक पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजक समितिको छ।
नर्दर्न भर्जिनिया, म्यारिल्यान्ड, वाशिङ्टन डीसी तथा आसपासका राज्यमा बसोबास गर्ने नेपाली समुदायलाई कार्यक्रममा सहभागी हुन आयोजकले अनुरोध गरेको छ।
यस्तो छ कार्यक्रम हुने समय र अन्य पक्षबारे जानकारी
– ठेगाना: 7211 Centreville Road, Manassas, VA
– समय: साँझ ६ बजेदेखि राति ११ बजेसम्म
– टिकट:
– ढोकामा: $55.
– अग्रिम बुकिङ: $45. (including Appetizer र Dinner सहित)
कार्यक्रममा सहभागी हुन निम्न व्यक्तिसँग सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।
हेमकला घिसिङ – 703 388 8254
अमोद घिसिङ – 703 593 5149
बिष्णु लामा – 703 474 9995
इसोरजुङ तामाङ – 703 850 5983







डिसी नेपाल







Facebook Comment