टी–२० विश्वकप २०२६: पाकिस्तानी खेलाडी फरहान सहित पाँच ब्याट्सम्यानबीच रनको रोमाञ्चक प्रतिस्पर्धा

डिसी नेपाल
९ फागुन २०८२ १०:५०
360
Shares

काठमाडौं । जारी आईसीसी टि–२० विश्वकप २०२६ मा ब्याट्सम्यानहरूको उत्कृष्ट प्रदर्शन जारी छ । प्रतियोगिताको प्रारम्भिक चरणमै केही खेलाडीले शानदार इनिङ्स खेल्दै सर्वाधिक रन बनाउने सूचीमा अग्र स्थान बनाएका छन् । पाकिस्तानका साहिबजादा फरहान हालसम्म सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले चार खेलमा २२० रन बनाएका छन् । उनको स्ट्राइक रेट १६४.१७ र औसत ७३.३३ रहेको छ ।

श्रीलंकाका पाथुम निस्साङ्का दोस्रो स्थानमा छन् । उनले चार खेलमा १९९ रन जोडेका छन् । उनको स्ट्राइक रेट १५६.६९ र औसत ६६.३३ रहेको छ । तेस्रो स्थानमा श्रीलंकाकै विकेटकिपर–ब्याट्सम्यान कुसल मेन्डिस छन् । उनले चार खेलमा १८२ रन बनाएका छन् । दक्षिण अफ्रिकाका कप्तान एडेन मार्कराम चौथो स्थानमा छन् । उनले चार खेलमा १७८ रन बनाएका छन् भने उनको औसत ५९.३३ रहेको छ ।

भारतका आक्रामक ओपनर इशान किशन पाँचौं स्थानमा छन् । उनले चार खेलमा १७६ रन बनाएका छन् । उनको स्ट्राइक रेट २०२.२९ र औसत ४४ रहेको छ । पाकिस्तानविरुद्ध ४० बलमा ७७ रनको उत्कृष्ट इनिङ्स खेलेपछि उनी ‘प्लेयर अफ द म्याच’ घोषित भएका थिए । प्रतियोगिता अघि बढ्दै जाँदा सर्वाधिक रनको होड थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.