सरोकारवाला भन्छन्- सुदूरपश्चिममा जिल्लाका नाममा भाषा खण्डित गर्नु हुँदैन, साझा मानक तयार गरौं

डिसी नेपाल
१० फागुन २०८२ १६:४२
32
Shares

धनगढी । २७औं अन्तरास्ट्रिय मातृभाषा दिवसको अवसर पारेर शनिबार धनगढीमा भाषिक गोष्ठी कार्यक्रम सम्पन्न भएको छ।

कैलाली जनपुस्तकालय र सुदूर चिनारी द्विमासिक पत्रीकाको संयुक्त आयोजनामा कैलाली जनपुस्तकालयको सभाकक्षमा सुदूरपश्चिम प्रदेशका पहाडी भाषिक समुदाय केन्द्रीय ‘भाषिक गोष्ठी’ सम्पन्न भएको हो।

कैलाली जनपुस्तकालयका उपाध्यक्ष टङ्क प्रसाद जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन र सहजीकरण पुस्तकालयलै सचिव सुभाष सङ्कल्प भण्डारीले गरेका थिए। स्वागत मन्तव्य र कार्यक्रमको औचित्यमाथि सुदूर चिनारी द्विमासिक पत्रिकाका सम्पादक एनके जोशीले प्रकाश पारेका थिए।

भाषिक गोष्ठीमा सुदूरपश्चिम प्रदेशका नौ जिल्लाको भाषिक समुदायको प्रतिनिधित्व हुनेगरि ५० जनाभन्दा बढी प्राज्ञिक व्यक्तित्वको उपस्थिति रहेको थियो। कार्यक्रममा डोटेली समाज, मालिकार्जुन समाज, बैतडेकी समाज, आदर्श सेवा समाज, अछाम सेवा समाज, सुर्मादेवी समाज, बाजेरेली समाजका प्रतिनिधिको उपस्थिति रहेको थियो।

भाषिक गोष्ठीमा विभिन्न जिल्लाको भाशिक समुदायलाई प्रतिनिधित्व गर्ने प्राज्ञिक व्यक्तिले मातृभाषाको प्रयोग, यसको मानकिकरण, लिपि विकास जस्ता विविध पक्षमा गहन छलफल गरेका थिए।

कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका पूर्व प्रमुख डा. धर्मराज उपाध्याय, सहप्राध्यापक सिताराम भट्ट, सहप्राध्यापक गणेशराज जोशी, उपप्राध्यापक राजेन्द्र प्रसाद पन्त, कैलाली बहुमुखी क्याम्पसका पूर्व सहप्राध्यापक जगन्नाथ जोशी, डोटी क्याम्पसका पूर्व सहप्राध्यापक तीर्थराज जोशी, बाजुरेली समाजका सचिव हर्क बहादुर ओली, बैतडीका साहित्यकार धर्मराज जोशीले मातृभाषाका विसयमा आफ्ना विचार राखेका थिए।

उनीहरूले सुदूरपश्चिम प्रदेशका जिल्लाका नाममा भासा नामाकरण हुनु दु:खद् पक्ष रहेको बताए। भासामा राजनीतिकरण हुँदै भाषिक एकता विखण्डन गर्ने काम भैरहेको आरोप उनीहरूको छ।

बहुसाङ्स्कृतिक समाजमा मातृभाषाको प्रयोगलाई जोड दिन कठिनाइ भएको स्वीकार्दै मातृभाषाको प्रयोगलाई प्रोत्साहन गर्न घरबाटै सुरु गर्ने उनीहरूले बताए। सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशका पहाडी भासिक समुदायले बोल्ने मातृभाषाको साझा मानक बनाउन पहल गर्नुपर्ने कुरोमा सहभागीहरूको मुख्य जोड थियो।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले पनि यो विषयमा पहलकदमी चाल्नुपर्ने कुरोमा सहभागीहरूको जोड थियो। आफ्नो मातृभाषा जोगाउन प्रत्येक नागरिकले स्वयम् भूमिका खेल्नुपर्ने र त्यसको लागि सबैले सरकारलाइ समेत खबरदारी गर्नुपर्ने धारणा उनीहरूले राखेका छन्।

सुदूरपश्चिमको सांस्कृतिक एकतालाई कमजोर बनाउन विभिन्न तत्वले खेलिरहेको र त्यसको ज्वलन्त उदाहरण जिल्लागत नाममा नामाकरण भएका भाषा रहेको उनीहरूले बताए।

ऐश्वर्य बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. तुलछी शर्मा, प्राज्ञ बासुदेव पाण्डेय, पुस्तकालयका सल्लाहकार ज्योतिष पण्डित मनिराज जोशी, एक्सिस विद्याश्रमकी प्राचार्य तथा कैलाली जनपुस्तकालयकी सल्लाहकार अनिता पन्त, वरिष्ठ कवि यज्ञराज यात्री, वरिष्ठ साहित्यकार तथा संस्कृतीविद पदमराज जोशी प्रभात, साहित्यकार बाबुराम आचार्य, सागर कुश्मी लगायतले आफ्ना विचार राखेका थिए।

कार्यक्रममा युवा साहित्यकार खेम बतास, शिक्षक हर्क बोहरा, शेर बहादुर बिष्ट, तेज कापडी, भान सिंह धामी, लेखराज ओझा, राधा कुमारी फुलारालगायतको उपस्थिति रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.