आज आइतबार, कस्तो छ तपाईंको राशिफल?

डिसी नेपाल
१७ फागुन २०८२ ६:०८
152
Shares

मेष : सोचेका काम बन्नेछन् । सम्पत्ति आर्जन भए पनि झुठा आरोप लाग्न सक्छ । परिवारको साथ र सहयोग मिल्नेछ । सामाजिक क्षेत्रमा घाटा हुने भएकाले सचेत भएर अगाडि बढ्नुपर्नेछ ।

वृष : साथीको सहयोग मिल्नेछ । आम्दानीका स्रोत धेरै भएकाले पहिचान गर्नुपर्ने समय आएको छ । निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

मिथुन : परिवारको साथ र सहयोग प्राप्त हुनेछ । धार्मिक कार्यमा चासो बढ्नेछ । जग्गाको कारोबारमा फाइदा हुनेछ । कतै घुमफिरको योजना बन्न सक्छ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ ।

कर्कट : शुभ ग्रहको बहुमत रहेकाले सोचेका काम बन्नेछन् । सम्पत्ति आर्जन हुनेछ । यात्रामा हुनुहुन्छ भने पश्चिम नजानु उचित हुन्छ । पिपललाई दाहिने पारेर अगाडि बढ्नु फाइदाजनक हुनेछ ।

सिंह : दिन सामान्य छ । हरेक काममा अवरोध सिर्जना हुनेछ । सम्पत्तिमा फाइदा भए पनि इज्जतमा दाग लाग्ने सम्भावना छ । उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ । अभिभावकको सुझाव अनुसार अगाडि बढ्नुपर्ने दिन छ ।

कन्या : विवादास्पद कामले गर्दा विरोधको आवाज सुन्नुपर्ने हुनसक्छ । विपक्षी साथी सक्रिय रहेकाले तपाईं शान्त बन्नुपर्ने समय छ । शिक्षाको क्षेत्रमा मिहिनेत गर्न सकेमा प्रगति हुनेछ ।

तुला : परिवारको साथमा दिन रमाइलो बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । मनका सबै रहर पूरा गर्न कठिन हुने देखिन्छ । संकटमा साथीको साथ मिल्नेछ ।

वृश्चिक : दिन सामान्य छ । साना कुराले मन अशान्त बन्नसक्छ । स्वास्थ्यमा समस्या हुँदा मानसिक तनाव बढ्नेछ । एकल निर्णय भन्दा सहकार्यमा अगाडि बढ्नु राम्रो हुनेछ । परिवारमा कर्तव्य मात्र पूरा गर्नु उचित हुनेछ ।

धनु : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । ठुलो कामको सुरुवात गर्ने समय आएको छ । काम गर्नु अगाडि परिवारसँग सल्लाह गरेमा दैनिकी सहज बन्नेछ । औषधी नियमित नहुँदा रोग बढ्ने जोखिम छ ।

मकर : बौद्धिक व्यक्तिको सल्लाह अनुसार अगाडि बढेमा फाइदा हुनेछ । रोगसँग लड्ने क्षमता बढ्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ ।

कुम्भ : धार्मिक कार्यमा सहभागी हुने मौका मिल्नेछ । साथीको सल्लाह अनुसार अगाडि बढेमा फाइदा हुनेछ । शिक्षामा देखिएको झुकावले फाइदा हुनेछ । औषधी नियमित गर्न नसक्दा पुरानो रोगले सताउने जोखिम छ ।

मीन : हरेक क्षेत्रमा बोलीको प्रभाव पर्नेछ । एकल निर्णय भन्दा सहकार्य गर्दा फाइदा हुनेछ । आज पठनपाठनमा मन जानेछ । स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.