ए लालीगुराँस ! जाऊ, हिँड मिथिला 

विद्यानन्द बेदर्दी
२० फागुन २०८२ १४:४६
24
Shares

ए लालीगुराँस !
तिम्रो ओठमा हिमालको चिसो गुलाबी छ,
तिम्रो गालामा कुहिरोको चुम्बन,
तर म तिमीलाई देख्न चाहन्छु-
माटोको आलिङ्गनमा
जहाँ बिहानीको स्वागतमा ‘पराती’ गुञ्जन्छ
जहाँ न्यानो मायाको पछ्यौरीमा तिमीलाई बेर्छु,
ए लालीगुराँस ! जाऊ, हिँड मिथिला ।

लालीगुराँस ! तिमीलाई
हिमाल र पहाडमा मात्र फुल्ने बानी छ
तर मिथिलामा फुल्नलाई तिमीले
खेतबारीलाई आफ्नो सखी बनाउनु पर्छ
र चुल्होको धुवाँबाट
गृहणीको मायाको गन्ध चुस्नु पर्छ।

मिथिलाको आँगनमा तिमीलाई
लोकगीतले अँगालोमा भर्नेछ।
मिथिला चित्रकलाले
तिम्रो रूप भित्ताहरूमा उतार्नेछ,
छठको घाटबाट
मोहित गर्नेछ मातृत्वको सौरभ
जितिया, चौरचन र जुडशीतलमा
बुझ्नेछौ सन्तान हुनुको गौरव ।
गहबर, तुलसीचौरा, डिहबार-थानसँग
तिम्रो लागि सप्को फिँजाएर
आमाले आशीर्वाद माग्नेछिन् ।

लालिगुराँस!
तिम्रो मेरो प्रेम मात्र होइनौ,
राष्ट्रको अभिमान पनि हौ।
त्यसैले तिमीलाई भित्र्याउनेछु
चाडपर्वको बीचमा
जहाँ रङ होलीमा मात्र होइन,
जीवनको रगतमा बग्ने गर्दछ।

लालीगुराँस !
तिमीलाई मिथिलाको धरतीमा रोपेर
म एउटा फूल मात्र होइन,
एकता रोप्नेछु ।
तिमी यहाँ फुल्नेछौ —
माटोमा मात्र होइन,
सिङ्गो देशको मुटुमा ।
तिमी सजिनेछौँ सधैँ—
प्रेम र पहिचानको शिरबन्दी बनेर ।

विद्यानन्द बेदर्दी
अग्नीशाईर कृष्णसवरन गाउँपालिका – ४, सप्तरीए लालीगुराँस ! जाऊ, हिँड मिथिला : विद्यानन्द बेदर्दी

ए लालीगुराँस !
तिम्रो ओठमा हिमालको चिसो गुलाबी छ,
तिम्रो गालामा कुहिरोको चुम्बन,
तर म तिमीलाई देख्न चाहन्छु —
माटोको आलिङ्गनमा
जहाँ बिहानीको स्वागतमा ‘पराती’ गुञ्जन्छ
जहाँ न्यानो मायाको पछ्यौरीमा तिमीलाई बेर्छु,
ए लालीगुराँस ! जाऊ, हिँड मिथिला ।

लालीगुराँस ! तिमीलाई
हिमाल र पहाडमा मात्र फुल्ने बानी छ
तर मिथिलामा फुल्नलाई तिमीले
खेतबारीलाई आफ्नो सखी बनाउनु पर्छ
र चुल्होको धुवाँबाट
गृहणीको मायाको गन्ध चुस्नु पर्छ।

मिथिलाको आँगनमा तिमीलाई
लोकगीतले अँगालोमा भर्नेछ।
मिथिला चित्रकलाले
तिम्रो रूप भित्ताहरूमा उतार्नेछ,
छठको घाटबाट
मोहित गर्नेछ मातृत्वको सौरभ
जितिया, चौरचन र जुडशीतलमा
बुझ्नेछौ सन्तान हुनुको गौरव ।
गहबर, तुलसीचौरा, डिहबार-थानसँग
तिम्रो लागि सप्को फिँजाएर
आमाले आशीर्वाद माग्नेछिन् ।

लालिगुराँस!
तिम्रो मेरो प्रेम मात्र होइनौ,
राष्ट्रको अभिमान पनि हौ।
त्यसैले तिमीलाई भित्र्याउनेछु
चाडपर्वको बीचमा
जहाँ रङ होलीमा मात्र होइन,
जीवनको रगतमा बग्ने गर्दछ।

लालीगुराँस !
तिमीलाई मिथिलाको धरतीमा रोपेर
म एउटा फूल मात्र होइन,
एकता रोप्नेछु ।
तिमी यहाँ फुल्नेछौ —
माटोमा मात्र होइन,
सिङ्गो देशको मुटुमा ।
तिमी सजिनेछौँ सधैँ—
प्रेम र पहिचानको शिरबन्दी बनेर ।

अग्नीशाईर कृष्णसवरन गाउँपालिका – ४, सप्तरी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.