दोलखाका कांग्रेस उम्मेदवार अजयबाबु शिवाकोटीले गरे मतदान

डिसी नेपाल
२१ फागुन २०८२ ९:०३
12
Shares

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीले मतदान गरेका छन् । दोलखाका उम्मेदवार शिवाकोटीले बिहान दोलखाकै क्षमावती उच्च मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

उनले मतदान गरेपछि समुन्नत नेपाल र समुन्नत नेपालीका लागि बदलिएर आएको नेपाली कांग्रेसलाई विजयी गराउन सम्पूर्ण मतदातालाई आह्वानसमेत गरेका छन् ।

उनले कांग्रेस आफ्नो प्रतिज्ञा पत्रमा कटिबद्ध भएकोसमेत जनाउँदै मुलुकको विशेष परिस्थितिमा कांग्रेसले मात्र नेतृत्व गर्न सक्नेसमेत बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.