कविता : पर्ख न एकैछिन मलाई

दिनेश घिमिरे
२ चैत २०८२ १३:४६
372
Shares

पर्ख न एकैछिन मलाई
आजको बिहानीमा सुस्ताउनु छ
हिजोको ब्यथाहरूलाई मिलाँउनु छ
आज आफैलाई आफ्नै बनाउन
आफ्नैका कथाहरू मिलाउनु छ।

कथाहरूमा यथार्थ मिलाउने
जीवनका शब्दहरू मिलाउनु छ
आफ्नैं पाइलाहरूमा आफ्नै निम्ति
अनेकौं भावनका ब्यथाहरू मिलाउनु छ
पर्ख न यहाँ केही पल मलाई।

समयसम्म जीवन जुदाउँदै ठिक्क छ
अरूका ब्यथाहरूलाई मिलाउँदै ठिक्क छ
आफूलाई आफैं ठिक्क देखाउनै ठिक्क छ
कहाँ खोज्न जाँउ हिजोको त्यो समय
पर्ख न हो समय एकैछिन मलाई
आफ्नै आँखाहरूलाई आफ्नै बनाउनु छ।

पर्ख न समय एकैछिन मलाई
बर्षाले बनाएका आँशुहरू बोकी
लमकलमक जीवनको उकालोमा
आफैंमा केही समय सुस्ताउनु छ
सिरानी देउन् प्रिय पहाडहरू
तिमीसँगै केहीपल शान्त हुनु छ।

पर्ख न समय एकैछिन मलाई
तिमीले उठाँएका ब्यथाहरूलाई
आफ्नै जीवनको कथा बनाउनु छ
तिमीले बनाएका घाउहरूलाई
आफ्नै जीवनको नियति बनाउनुछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.