देशका विभिन्न स्थानमा तीन जाको शव फेला

डिसी नेपाल
३ चैत २०८२ १८:००
2.5k
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा तीन जनाको शव फेला परेको छ।

सप्तरीको राजबिराज नगरपालिका-१३ बिसहरिया टोल बस्ने ३० वर्षीया बेचनी देवी सदा आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छन्।

तेह्रथुम, आठराई गाउँपालिका-३ ह्राकु बस्ने ३३ वर्षीया आईतरानी दास आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

कास्की, पोखरा महानगरपालिका-१४ बिजयपुरस्थित बिजयपुर खोलामा सोही महानगरपालिका-२६ बस्ने पर्वत मोदी गाउँपालिका-९ देउपुर घर भएका ५१ वर्षीय आइत बहादुर नेपाली मंगलबार मृत अवस्थामा फेला परेका छन्।

तीनै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *