गोरेटोले ६ चैत्रमा शैक्षिक मेला आयोजना गर्दै

डिसी नेपाल
४ चैत २०८२ २२:२७
20
Shares

काठमाडौं। गोरेटो कन्सलट्यान्सीले बहुगन्तब्य शैक्षिक मेलाको आयोजना गर्ने भएको छ।

विदेश अध्ययनको तयारी गरिरहेका विद्यार्थीहरूका लागि लक्षीत गर्दै गोरेटोले २० मार्च शुक्रबारका दिन भव्य रुपमा गोरेटो कन्सलट्यान्सीले बहुगन्तब्य शैक्षिक मेलाको तयारी गरेको गोरेटोका सीईओ धिरज कँडेलले जानकारी दिए।

कँडेलका अनु्सार कार्यक्रम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालनमा आउनेछ। यो फेयरमा विद्यार्थीहरूले अष्ट्रेलिया, क्यानडा, यूके र यूएसएमा अध्ययनका अवसरबारे जानकारी लिन सक्नेछन्।

कार्यक्रममा १५ भन्दा बढी कलेज तथा युनिभर्सिटीका रिप्रेजेन्टेटिभ्स सहभागी रहनेछन्, जससँग विद्यार्थीहरूले प्रत्यक्ष रूपमा आफ्नो अध्ययन योजना, कोर्स, स्कलरशिप, एडमिशन, भिसा गाइडेन्स र भविष्यका अवसरबारे जानकारी लिन सक्नेछन्।

त्यस्तै बजार प्रबन्धक प्रकाश रेग्मीका अनुसार फेयरमा सहभागी विद्यार्थीहरूले आफ्नो रुचि र योजनाअनुसार विभिन्न कोर्स, करियर पाथ, उपलब्ध इन्टेक, स्कलरशिप तथा भविष्यका अवसरबारे बुझ्न सक्नेछन्। साथै भर्ना, भिसा गाइडेन्स र पीआर सम्बन्धी जानकारी पनि कलेजका प्रतिनिधीसँग प्रत्यक्ष तथा बरिष्ठ परामर्शकर्तासँगबाट पनि लिन सकिने बजार व्यबस्थापक प्रकाश रेम्मीले जानकारी दिए।

रेग्मीका अनुसार एउटै स्थानमा विभिन्न देशका विकल्पहरूबारे बुझ्न र तुलना गर्न सकिने भएकाले पनि यो फेयर विद्यार्थीहरूका लागि उपयोगी हुनेछ।

इभेन्टकै दिन भर्ना हुने विद्यार्थीहरूका लागि १०० प्रतिशत सर्भिस फी छुट दिने विशेष अफर पनि रहेको छ। यो फेयर विशेषगरी २०२६/ २०२७ इन्टेकका लागि विदेश अध्ययन योजना बनाइरहेका, अष्ट्रेलिया, क्यानडा, यूके वा यूएसएमध्ये कुन देश छनोट गर्ने भन्नेमा अन्योलमा रहेका, आफ्नो कोर्स वा कन्ट्री च्वाइसबारे अझै निश्चित नभएका वा छिट्टै एप्लिकेशन प्रक्रिया सुरु गर्न चाहने विद्यार्थीहरूका लागि उपयोगी हुनेछ। गोरेटोले अष्ट्रेलिया, क्यानडा, यूके, यूएसए लगायतका देशहरुमा ५ वर्षदेखि सेवा दिँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *