तारकेश्वरमा ‘प्रथम तारकेश्वर घोडेजात्रा महोत्सव’ मनाइयो
काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिकामा पहिलोपटक ‘प्रथम तारकेश्वर घोडेजात्रा महोत्सव’ मनाइएको छ। तारकेश्वर नगरपालिकाको आयोजना तथा एभरेष्ट हर्स राइडिङ एण्ड बग्गी प्रालिको सहकार्यमा घोडेजात्रा पर्वको अवसर पारेर आज तारकेश्वर नगरपालिका–८ पीपलडाँडा टुसालचौरमा पहिलोपटक घोडेजात्रा महोत्सव मनाइएको हो।
महोत्सवको उद्घाटनमा तारकेश्वरका नगरप्रमुख कृष्णहरि महर्जनले धर्म, संस्कृति, परम्परा र स्थानीय इतिहासको संरक्षण र प्रवद्र्धन गर्ने उदेश्यका स्थानीय तहले पहिलोपटक घोडेजात्रा महोत्सव आयोजना गरेको बताए।
देशभरका ७५३ वटा स्थानीय तहमध्ये तारकेश्वरले पहिलोपटक घोडेजात्रा पर्वका अवसरमा घोडेजात्रा महोत्सव गरेको उनको भनाइ थियो। ‘पहिचान, अपनत्व र अधिकार : दिगो विकासको आधार’ भन्ने मूल नाराका साथ उक्त महोत्सव आयोजना गरिएको हो।
महोत्सवमा काठमाडौं उपत्यकाका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, राजनीतिक दलका प्रतिनिधि, नगरवासीहरुको सहभागिता थियो।
टुँडिखेलमा मनाइँदै आइएको घोडेजात्रालाई थप विस्तार गर्नका लागि तारकेश्वरले पहिलोपटक स्थानीय तहमा घोडेजात्रा महोत्सव आयोजना गरेको हो। घोडेजात्रा महोत्सवमा घोडाहरुको मार्च पास, हर्स जम्प, सांस्कृतिक कार्यक्रमलगायत गरिएको थियो।







डिसी नेपाल







Facebook Comment