आज तेल लगाउने र नीमको पात खाने दिन

डिसी नेपाल
५ चैत २०८२ ७:२१
92
Shares

काठमाडौं। आज औषधीय गुण भएको नीमको पात खाने र शरीरमा तेल लगाउने दिन रहेकाे छ। परम्परागत मान्यता बोकेको उक्त दिन आज परेको छ।

तितो अमृतका रूपमा लिने गरिएको नीमको पातलाई प्रत्येक वर्ष नयाँ साल सुरु हुनुअघि खाने चलन छ। आगामी मिठासको पर्खाइका लागि विगतका तितोपनालाई नीमको पातसँगै चपाउने गरिन्छ भन्ने मान्यता छ।

नीमको पातलाई नैरोग्यको प्रतिकका रूपमा पनि लिने गरिन्छ। नीम प्राचिनकालदेखि नै आयुर्वेदिक औषधिका रूपमा प्रयोग हुँदै आएको वनस्पति हो।

यसरी नीमको पात चपाउने र तेल लगाउने गर्दा हाम्रो शरीरको भित्री र बाहिरी भाग स्वास्थ्यकर हुने प्रमाणित मान्यता छ। नीमको पात खानाले पेटका रोग हरण हुने र तेल लगाउनाले शरीर थप मजबुत तथा मुलायम हुने विश्वास छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *