कुमारी घरको छानो तत्काल जीर्णोद्धार गरिसक्न डंगोलको निर्देशन

डिसी नेपाल
५ चैत २०८२ १७:०६
52
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले यस वर्षको बर्खा याम सुरु हुनुअघि कुमारी वहाल (कुमारी घर) को छानो जीर्णाेद्धार गरिसक्न निर्देशन दिएकी छन्।

विहीबार छानो जीर्णोद्धार कार्यको अनुगमन गर्र्दै उनले कुमारी घरसँग सम्बन्धित धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षमा असर नहुनेगरी समयमा काम सक्न निर्माण पक्षलाई निर्देशन दिएकी हुन्।

बोलपत्रमार्फत छानिएको निर्माण पक्ष अजय निर्माण सेवासँग फागुन ११ गते सम्झौता गरेर फागुन २५ गतेदेखि जीर्णोद्धारको काम सुरु भएको हो।

सम्झौता अवधि २०८३ माघ ३० गतेसम्म छ। आर्थिक वर्ष २०८२÷८३ को दररेट राखेर जीर्णोद्धारका लागि प्रयोग हुने झिँगटी, काठ लगायतका छानासँग सम्वन्धित अवयवहरुको जीर्णोद्धार गर्न १ करोड २५ लाख ४७ हजार ८६४ रुपियाँ लागत अनुमान गरिएको थियो। खुला प्रतिस्पर्धाबाट छानिएको निर्माण पक्षले ७१ लाख २४ हजार ६८९ रुपियाँमा निर्माण कवोल गरेको छ।

अनुगमनमा क्रममा कार्यवाहक प्रमुख डंगोलले कुमारी वहाल काठमाडौंको अनुहार भएको उल्लेख गर्दै यसको छानो चुहिएको सूचना पाएपछि चासो राखेर महानगरपालिका जीर्णोद्धारका लागि आएको बताइन्।

‘जीर्णोद्धार सुरु हुनुअघि सरोकारवाला तथा स्थानीयसँग पटक पटक छलफल गरेपछि प्राविधिक अध्ययन ग¥यौँ। कानुनी र प्रशासनिक प्रक्रियाका विषयमा छलफल ग¥यौँ। यस क्रममा प्राप्त भएको प्राविधिक प्रतिवेदन र साझेदारसँगको सहमतिका आधारमा काम थालनी गरिएको हो। सार्वजनिक महत्वको यस कामलाई सफल बनाउन सबै एकै ठाउँमा उभिनुपर्छ,’ उनको भनाइ थियो।

अनुगमनका क्रममा जीर्णोद्धार गर्दा कुमारी घरबाट दैनिक सञ्चालन हुने धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्ष, अन्य भौतिक संरचनासँगका छानाको सम्बन्ध र छानो मर्मत गर्दा अन्य संरचनाको वचावटका विषयमा सहभागी सरोकारवाला र स्थानीयसँग कुराकानी भएको थियो।

हनुमानढोका दरवार संरक्षण कार्यक्रमका आर्किटेक्ट अमित बज्राचार्यका अनुसार वहालको छानो ४६४ वर्गमिटर क्षेत्रफलको छ। निर्माण कार्य गर्दा पूर्व र उत्तरतर्फको छानोलाई पहिले मर्मत गरिने छ। त्यसपछि मात्र पश्चिम र दक्षिण तर्फको छानो मर्मत गरिनेछ।

हनुमानढोका दरवार संरक्षण कार्यक्रमका आर्किटेक्ट अमित बज्राचार्यका अनुसार वहालको छानो ४६४ वर्गमिटर क्षेत्रफलको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *