मृत भेटिएकी मायाका श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता
सुर्खेत। नाबालक छोरीछोरीसहित वेपत्तापछि मृत भेटिएकी गुर्भाकोट नगरपालिका १२ की माया कठायतका श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दायर गरिएको छ।
मायाका बुबा र दाजुले उनका श्रीमान भूपेन्द्र कठायतविरुद्ध मुद्दा दर्ता गराएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रकाश केसीले बताए।
श्रीमान्को चरम यातनाको कारण छोरीले छोराछोरीसहित भेरीमा हामफालेको भन्दै मायाका बुबाले जाहेरी दर्ता गराएका हुन्।
मायाका बुबा बालुदेव गिरीले दैनिक मदिरा सेवन गरी छोरी र नाती–नातिनालाई ज्वाइँले यातना दिने गरेको जाहेरीमा उल्लेख गरेका छन्। मायाको बुवाको जाहेरी पछि प्रहरीले भूपेन्द्रलाई पक्राउ गरेको छ।
आइतबार मायाले ११ वर्षीया छोरी आशा र पाँच वर्षका छोरा दीपकसहित भेरीमा हाम फालेको हुनसक्ने आशंका गरिएको हो। माया हराएको भोलीपल्ट भेरी नदी किनारमा मायाको शव फेला परेको थियो।
सोमबार उनकी छोरी आशाको शव फेरी किनारमै भेटिए पनि पाँच बर्षिय छोरा दीपक अझै वेपत्ता छन्। आशाको शवको मेहलकुना अस्पतालमा पोस्टमार्टम भइरहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment