कविता : एक पटक मन्त्री हुनेलाई
एक पटक मन्त्री हुनेलाई
फेरि फेरि मन्त्री भइरहन मन
फेरि पहिले जस्तै नै भए
कसरी पो होला र सुशासन
केही गर्छु भन्नेलाई
यहाँ कहाँ गर्न दिन्छन् र
देश चम्काउने हीरालाई
चिने पनि कहाँ चिन्छन् र
म मेरो मलाई नै भन्न थाले
फेरि उही समस्या उस्तै दिक्क
गन्तव्यमा कसरी पो पुर्याउलाउ
तिम्ले चलाएको रेलले छोडे लिक
नेता फेरि आफैं मात्र बने
जनताको दु:ख दु:खै हुनेछ
सुखका सपना देखेका आँखाहरु
हरेश खाइ धुरू धुरू रूनेछ
देशको सही उच्च नेतृत्व लिनेलाई
सुकार्यको रूपरेखा कोर्न देउ
जनताको मुहार फेर्ने सारथीहरु
असल निस्फिक्री छान्न देउ
दक्ष र योग्य सरकार बने
बेरोजगारी हट्नेछ अर्थतन्त्र बढ्नेछ
नयाँ आधुनिक टेक्नोलोजीले
हरेक क्षेत्रमा देशको बिकाश हुनेछ
प्रतिक्रिया















Facebook Comment