कांग्रेसको १५औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा

डिसी नेपाल
११ चैत २०८२ १८:१७
368
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन असोजमा हुने भएको छ। आज बसेको केन्द्रीय समिति बैठकले असोज १६ देखि १९ गतेसम्म कांग्रेसको १५औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो।

बैठकल‍े वडा अधिवेशन भदौ २, गाउँ/नगर अधिवेशन भदौ ७, प्रदेश क्षेत्रीय अधिवेशन भदौ १७, क्षेत्रीय अधिवेशन भदौ २४ गते गर्ने गरेको छ।

जिल्ला अधिवेशन असोज २ र ३ तथा प्रदेश अधिवेशन असोज ७ र ८ गते गर्ने तय भएको छ। बैठकले निर्वाचन समिति संयोजकमा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्कालाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *