नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ

डिसी नेपाल
१२ चैत २०८२ १४:२५
48
Shares

काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित २७४ जना सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

बिहीबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित २७४ जना सदस्यहरुलाई शपथ गराएका हुन्।

नवनिर्वाचित सासंदहरु थरीथरी भेषभूषामामा शपथ लिन सिंहदरबारस्थित संसद् भवनको हलमा पुगेका थिए।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ अनुसार सदस्यले प्रतिनिधिसभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनुअघि प्रतिनिधिसभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था रहेको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *