प्रचण्ड भन्छन्- रास्वपा सरकारका रचनात्मक काममा सहयोग रहन्छ

डिसी नेपाल
१२ चैत २०८२ १५:११
20
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारका सकारात्मक काममा सहयोग रहने बताएका छन्। शपथ ग्रहणका लागि सिंहदरबार पुगेका प्रचण्डले उक्त कुरा बताएका हुन्।

‘बहुमत ल्याएर सरकार बनाउने साथीहरूलाई बधाई र शुभकामना भन्छु। सकारात्मक र रचनात्मक काममा सहयोग रहन्छ,’ उनले भने।

उनले शान्तिपूर्ण रूपले संविधानअन्तर्गत निर्वाचन सम्पन्न भएकोप्रति आफू खुसी रहेको प्रतिक्रिया दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *