निवर्तमान प्रधानमन्त्री कार्की निवास फिर्ता
काठमाडौँ। निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट आज धापासीस्थित आफ्नो निवासमा फर्किएकी छन्।
नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गरेएलगत्तै निवर्तमान प्रधानमन्त्री कार्की बालुवाटार फर्केर धापासीस्थित निवासमा फर्किएकी हुन्।
निवर्तमान कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन्, “सार्वजनिक जिम्मेवारीको एक महत्वपूर्ण अध्याय औपचारिक रूपमा समाप्त भएको छ, कठिन र चुनौतीपूर्ण परिस्थितिमा राष्ट्रको नेतृत्व गर्नुपरेको थियो, हामी सबैको सहकार्य, समन्वय र संयमले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सफल भयौँ, लोकतन्त्रप्रति जनताको अटुट विश्वास र सहभागिताले देशलाई सही दिशातर्फ अघि बढाएको छ ।”
जननिर्वाचित नयाँ नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न पाउँदा खुसी र निश्चिन्त भएको उल्लेख गर्दै निवर्तमान प्रधानमन्त्री कार्कीले नयाँ पुस्ताको ऊर्जावान् नेतृत्वले देशलाई अझ समृद्ध तथा स्थिर भविष्यतर्फ डो¥याउने विश्वास लिएका छन् । साथै, उनले यस यात्रामा साथ, सहयोग र विश्वास दिनुहुने सम्पूर्ण नेपाली नागरिक, सहकर्मी र सरोकारवालाहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि भदौ २७ गतदेखि कार्कीले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। राष्ट्रपति रामचन्द्र पौडलले ६ महिनाभित्र निर्वाचनकोे जिम्मेवारी सहित नयाँ सरकार गठन गरेकी थिइन्।







डिसी नेपाल







Facebook Comment