स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ : स्वास्थ्यमन्त्री मेहता

डिसी नेपाल
१३ चैत २०८२ १८:११
28
Shares

काठमाडौँ। नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानीमन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई हौसला प्रदान गर्नुपर्ने धारणा धारणा राखेकी छन्।

मन्त्रालयमा आज आयोजित पदबहाली तथा स्वागत कार्यक्रममा उनले स्वास्थ्यका जनशक्तिलाई हौसला नदिइँदा विदेशिने स्थिति सृजना भएको बताइन् । उनले भनिन्, “ती जनशक्तिलाई स्वदेशमा नै बस्न सक्ने वातावरण मिलाउनुपर्छ, हौसला दिनुपर्छ ।”

मन्त्री मेहताले जनता र स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई सन्तुष्ट बनाउने कार्यलाई सरकारले प्राथमिकता दिने बताइन् । जनशक्तिलाई सन्तुष्ट बनाउन सकेमात्र परिणाम प्राप्त गर्न सकिने र जनताले भरपर्दो सेवा प्राप्त गर्ने उनको भनाइ छ ।

उहाँले चिकित्सक तथा नर्सहरूले आफ्नो क्षमताअनुसार अवसर नपाएको बताउँदै यस्ता समस्या सुल्झाउनुपर्नेमा जोड दिएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *