असई भरत खड्कालाई फागुन महिनाको ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषणा

डिसी नेपाल
१६ चैत २०८२ ९:५३
156
Shares

हेटौँडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी सहायक निरीक्षक (असई) भरत कुमार खड्कालाई २०८२ फागुन महिनाको ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको छ।

जिल्ला प्रहरी कार्यालयको मूल्यांकनअनुसार असई खड्काले आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्दै अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षामा उल्लेखनीय योगदान पुर्‍याएका कारण उनलाई उक्त सम्मान प्रदान गरिएको हो। उनी हाल मकवानपुर जिल्लाको प्रहरी चौकी भैँसेमा कार्यरत छन्।

प्राप्त विवरणअनुसार उनले विभिन्न आपराधिक घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने, प्रविधिको प्रयोगमार्फत अनुसन्धानलाई प्रभावकारी बनाउने तथा समुदायमा शान्ति सुरक्षाको अवस्था मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्।

यसैबिच, उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले एक कार्यक्रमकाबिच प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका हुन्। कार्यक्रममा एसपी खत्रीले असई खड्काको कार्यसम्पादनको प्रशंसा गर्दै आगामी दिनमा अझ जिम्मेवारीका साथ काम गर्न प्रोत्साहन दिएका थिए।

जिल्ला प्रहरी कार्यालयले प्रत्येक महिनामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मान गर्ने परम्पराअनुसार असई खड्कालाई ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *