कविता : आशा हाम्रो मरेको छैन
आशा हाम्रो मरेको छैन
साहस हाम्रो घटेको छैन
हामी फेरि उठ्छौं उठ्छौं
अब डर, त्रास र द्विविधा हटाउ
आशा हाम्रो जागेको छ
उठ्छौं उठ्छौं अब हामी अबश्य उठ्छौं
टक्टक्याउँदै धुलो, पन्छाउँदै हिलो
तर्दै खोला नाला,चड्दै उकाली झर्दै ओराली थाकी नथाकी
पुग्छौं हामी हिमालको चुचुरामा अवश्य पुग्छौं
बालेन्द्र शाहको शपथ ग्रहणको शुभ साइतमा बजेको शंख ध्वनीले अनेकौं संकेत दियो
यो शंखनादले क्रान्तिको अन्त्य र शान्तिको शुरुवात साथै परिवर्तनको उद्घोष गर्याे
यो शंखनाद भ्रष्टाचारको अन्त्य गरेर सुशासन स्थापित गर्ने आह्वान थियो
यो शंखनादले नेपालमा आउने नवयुग र नेपालीको स्वाभिमानको सन्देश बोकेको थियो
यो शंखनाद सम्पूर्ण नेपालीहरुको पहिचान र आस्थाको प्रतिक थियो
सयौं भिक्षु र बटुकहरुले पढेका पवित्र मन्त्रहरुले नेपालीको सुख, शान्ति र समृधिको सन्देश दियो
परिवर्तनका लागि झारेका रगत र पसिनाको मूल्य बिर्सँदैनौं
तिम्रो आँशु पुछेर मात्रै पुग्दैन
जलेको मनको आगो निभाउनु छ
अबको तिम्रो बाटो सहज बनाउनु छ
न्याय तिमीलाई दिनु छ
तिम्रो हारलाई जितमा परिणत गर्नु छ
तिम्रो परिश्रम, संघर्ष र थकानलाई परिणाममा देखाउनु छ
झरेको नुर फेरि उठाउनु छ
निहुरेको शिर फेरि उठाउनु छ
आशामा शास भर्नु छ
रोएकी आमाका आँशुको मूल्य तिर्नु छ
हजारौं अबिभाराको गरुँगाे भारी बोकेर अघि बढ्नु छ
फोहोर बनाइएका खोला नाला सफा गर्नु छ
उदिनी उदिनी नग्याइएको चुरेको मुहार फेरि फर्काउनु छ
गिट्टी बालुवा झिकेर गहिर्याइएका खोला नालामा खन्न रोक्नु छ
हिऊको अभाबमा खुइलीएका हिमालको अनुहार फेरि बदल्नु छ
विदेशिने मानासिकता बोकेका छोरा बुहारीको मन बदल्नु छ
विदेशबाट बाकसमा ल्याइएको शव बुझ्न जानु नपरोस्
आफन्त र गाउँले छिमेकीहरुलेनै लाश सद्गति स्थलमा पुर्याउन सकून्
धमिल्याईएको धर्म, संस्कृति, ब्यबहार, चलन र आचरण सुधार्नु छ
नेता, कर्मचारी र ब्यपारी साथै उपभोक्ता समेतको गराई र सोचाई बदल्नु छ
शासक र प्रशासनको संरचना, आचरण र नैतिकता बदल्नु छ
पानीको मुहान देखिनै सफा गरी जनताहरुलाई शुद्ध पानी खुवाउनु छ
भ्रष्टाचारको जाल बुन्ने किरा मकुराहरुलाई पन्छाउनु छ
घाणो, अर्थतन्त्रले धान्ने नसक्ने, उदेश्य विहीनको संघीयाता राखुँ कि फ्याकुँ भएको छ
सरकारले दिने सेवा सुबिधा सिधै गाउँ गाउँमा जनता सम्म पुर्याउनु छ
जबर्जस्ती मिचिएका आफ्ना भू-भागहरु फिर्ता ल्याउनु छ
दुइ शक्तिशाली बिशाल देशहरु बीच सन्तुलन मिलाएर बाँच्नु छ
यस्तै यस्तै-अब सरकारलाई परिणाम देखाउने ठूलो अभिभारा आइ लागेको छ
सम्झिँदा पनि आतेश लागेर आउँछ
तर संयम बनेर प्राथमिकताका आधारमा काम अगाडि बढाउनु छ
गन्तव्य त अवश्य पनि पुग्नुनै छ
नेपालीको मुहारमा आर्थिक समृद्धि, शान्ति र सन्तुष्टिको मुस्कान छर्नुनै छ।















Facebook Comment