लागू औषधसहित ४ जना पक्राउ

डिसी नेपाल
२९ चैत २०८२ ७:५३
892
Shares

काठमाडौं। लागू औषधसहित विभिन्न स्थानबाट ४ जना पक्राउ परेका छन्। नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट लागूऔषध गाँजा करिब १८ किलो ६८८ ग्रामसहित सोही ठाउँ बस्ने ६० वर्षीया बेली बनियालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।

ललितपुरको गोदावरी नगरपालिका-५ लेलेबाट लागूऔषध गाँजा करिब ३० किलोग्रामसहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ लेले घर भएका ४० वर्षीय किरण कुमार परियार, ३१ वर्षीय निर्मल घलान र ५९ वर्षीय राज कुमार सुन्दास रहेका छन्।

प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *