पशुपति क्षेत्रका अनाधिकृत संरचनामा महानगरले चलायो डोजर
काठमाडौं । काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रमा अव्यवस्थित र अनाधिकृत रुपमा निर्माण गरिएका संरचनामा डोजर चलाएको छ।
विश्वसम्पदा सूचिमा सूचिकृत पशुपति स्मारक क्षेत्रको बनकाली धर्मशाला परिसरमा अव्यस्थित र अनाधिकृत रूपमा निर्माण भएका ४ वटा घर टहरा र तिलगँगामा रहेको एक वटा कवाडीमा पशुपति विकास कोषको अनुरोधमा डोजर चलाइएको हो।
स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पशुपति विकास कोषका प्रतिनिधिको उपस्थितिमा महानगर प्रहरी बलले ती अव्यवस्थित संरचना हटाएका हुन्।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment