दुर्गा प्रसाईंको गुनासो-बैंकबाट लोन लिएर जनताको सेवा गर्दा ‘माफिया’ भनियो

डिसी नेपाल
९ वैशाख २०८३ १३:२८

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकबाट लोन लिएर जनताको सेवा गर्दापनि ‘माफिया’को आरोप लगाइएकोप्रति आपत्ति जनाएका छन्।

वुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बैंक तथा सर्वसाधारणबाट ऋण लिएर जनतालाई नै सेवा दिँदा पनि आफूहरूलाई माफिया भनिएकोमा आपत्ति जनाएका हुन्। आफूहरूलाई सरकारले विभेद गरेको उनले बताए।

‘बैंकबाट लोन लिएर जनता नै सुत्ने ठाउँ बनाएका छौं। जनताकै सेवा गरेका छौं तर हामीलाई नै माफिया भनेका छन्। राज्यले विभेद गरेको छ,’ उनले भने।

सरकारको निःशुल्क स्वास्थ्य र शिक्षासम्बन्धी नीतिमा पनि प्रश्न उठाउँदै प्रसाईंले शिक्षा र स्वास्थ्य निःशुल्क भन्दापनि किन्न सक्ने हैसियतको बनाउन सकिने दाबी गरे।

उनले भने, ‘सरकारमा रहेकाहरूले स्वास्थ्य र शिक्षा निःशुल्क भन्छन्। हामी स्वास्थ्य र शिक्षा निःशुल्क होइन किन्न सक्ने हैसियतको चाही बनाउनुपर्छ भन्छौं।’

नेपालको ‘डिप स्टेट’मा १६ मारवाडी र १० नेपाली रहेको उनले बताए। ‘डिप स्टेट’लाई चलाउँदा अर्थतन्त्र ढल्ने पनि बताए। ‘डिप स्टेट’ कन्ट्रोल नगर्दासम्म केही नहुने बताउँदै उनले ‘डिप स्टेट’का १६ जनालाई पक्राउ गर्न गृहमन्त्रीलाई आग्रह गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *