दीपक भट्ट र सुलभ अग्रवाललाई थप सात दिन थुनामा राख्न अनुमति

डिसी नेपाल
९ वैशाख २०८३ १७:२४

काठमाडौं । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि दीपक भट्ट र सुलभ अग्रवालमाथि काठमाडौं जिल्ला अदालतले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।

न्यायाधीश तिलक बहादुर कार्कीको इजलासले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निवेदन र दुवै पक्षका अधिवक्ताहरूको बहसपछि उक्त आदेश जारी गरेको हो।

विभागले अनुसन्धान कार्य अन्तिम चरणमा पुगेको तर थप केही प्रक्रियाहरू बाँकी रहेको भन्दै ३० दिनको म्याद माग गरेको थियो।

अनुसन्धानका लागि प्रतिवादीहरू दीपक भट्ट र सुलभ अग्रवाललाई ७ (सात) दिन थप हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिइएको हो।

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा १७ को उपदफा (४) बमोजिम सो म्याद थप गरिएको हो।

यसअघि, प्रतिवादीहरूका तर्फबाट वरिष्ठ अधिवक्ताहरू कृष्ण प्रसाद सापकोटा, सविता भण्डारी बराल र अधिवक्ताहरू सुरेन्द्र कुमार महतो, रमण कुमार कर्ण लगायतले बहस गरेका थिए भने विभागको तर्फबाट पनि अनुसन्धान अधिकृतहरूले आफ्नो पक्ष प्रस्तुत गरेका थिए।

अदालतले अनुसन्धानको बाँकी कार्य पुरा गरी राय सहितको प्रतिवेदन पेश गर्न विभागलाई निर्देशन समेत दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *