असिम शाहको संयोजकत्वमा ‘संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल’ बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा ‘संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल–२०८२’ दोस्रो बैठक आज बस्दैछ ।
बैठक दिउँसो तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।
बैठकमा राजनीतिक दलका लिखित धारणा समेतका आधारमा पहिचान भएका संविधान संशोधनका मुद्दाहरू र कार्यदलको आगामी कामकारबाहीका प्रस्तावित कार्ययोजनाबारे छलफल हुनेछ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment