सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष परियार पक्राउ

डिसी नेपाल
११ वैशाख २०८३ १६:१२

काठमाडौं। प्रहरीले सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परियारलाई आज पक्राउ गरेको छ।

परियारलाई बैंकिङ कसुरसम्बन्धी मुद्दाको अनुसन्धानका लागि आज काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले राससलाई जानकारी दिए।

उनले भने, “परियार बैंकिङ कसुरको मुद्दामा फरार देखिएकाले हाम्रो टोलीले अहिले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *