सशस्त्रका ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

डिसी नेपाल
११ वैशाख २०८३ २२:३२

काठमाडौं । सशस्त्र प्रहरी बलका ६ जना वरिष्ठ उपरिक्षक (एसएसपी) हरूलाई नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ। शुक्रबार बसेको बढुवा समितिले डीआईजी बढुवा सिफारिस सूची प्रकाशन गरेको हो।

एक नम्बरमा दिगविजय सुवेदीलाई बढुवा सिफारिस गरिएको छ। गृह मन्त्रालयका सचिवको नेतृत्वमा बसेको बढुवा समितिको बैठकले किरण बस्नेत, माधवप्रसाद पौडेल, प्रवीण कँडेल, राजेश उप्रेती र नेत्र बहादुर कार्कीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *