तनहुँको प्रथम भानु सालिक (तस्बिरहरु)
तनहुँको भानु नगरपालिका–४, चुँदीरम्घामा स्थापित आदि कवि भानुभक्त आचार्यको सालिक जिल्लाकै पहिलो भानुभक्त सालिक मानिन्छ । वि.स २०२२ सालमा स्थापना गरिएको उक्त सालिकले नेपाली भाषा र साहित्यका अग्रणी व्यक्तित्व भानुभक्तप्रति सम्मान प्रकट गर्दै आएको छ ।
चुँदीरम्घामा अवस्थित यो आकर्षक सालिक साहित्यप्रेमी तथा पर्यटकका लागि महत्वपूर्ण गन्तव्य बनेको छ । भानुभक्त आचार्यलाई नेपाली भाषामा रामायण अनुवाद गरी जनमानसमा साहित्यको पहुँच विस्तार गराउने व्यक्तित्वका रूपमा सम्मान गरिन्छ ।








प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment