कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना: देशभर बदली र हावाहुरीको चेतावनी
काठमाडौं। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशभरको मौसममा उल्लेख्य बदलाव आएको जनाएको छ।
महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भूभागमा पूर्ण बदलीको अवस्था रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली देखिएको छ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा पनि वर्षाको संकेत देखिएको छ भने कोशी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। यसैगरी तराईका केही क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
रातिको समयमा पनि मौसममा सुधार हुने देखिएको छैन। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा र हिमपात जारी रहनेछ भने कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। देशका तराई भूभागमा रातिको समयमा पनि हावाहुरी चल्न सक्ने भएकाले मौसमको प्रतिकुलतालाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment