कर्णालीको समृद्धिका लागि एकताबद्ध हुनुपर्छ : प्रदेश प्रमुख जोशी

डिसी नेपाल
१९ वैशाख २०८३ २२:२४

काँक्रेविहार (सुर्खेत)। कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको समृद्धिका लागि सुबै एकजुट हुनुपर्ने बताएका छन्। आज यहाँ वीरेन्द्रनगरमा सुरु भएको ‘कर्णाली युवा महोत्सव’ दोस्रो संस्करणको उद्घाटन समारोहमा उहाँले प्रदेशको समृद्धिका लागि बजेट खर्च क्षमता विकास गरिनुपर्ने र त्यसमा सरकार र जनप्रतिनिधि गम्भीर बन्नुपर्ने बताए।

प्रदेश प्रमुख जोशीले भने, ‘खर्च क्षमता नबढाउनु र हरेक वर्ष बजेट फ्रिज हुनु विकास रोकिनु हो। यसलाई सदुपयोग गर्दै कर्णालीको समृद्धिमा लगाउन सरकार र जनप्रतिनिधि एकताबद्ध हुनुपर्छ।’

कर्णालीमा विकास नै नभएको भन्ने तर्कसँग आफू सहमत नरहेको भन्दै उहाँले विकासको गति बढाउन भने आवश्यक रहेको धारणा राखे। ‘विकास नभएको होइन, भइरहेकै छ, तर समृद्ध र सुखी कर्णालीका लागि विकासका केही ढोकाहरू बन्द छन्, ती ढोका खोल्न र गति बढाउन आवश्यक छ। यसका अब युवाको साझा आवाज उठ्नुपर्छ’, प्रदेश प्रमुख जोशीले भने।

उनले युवालाई स्वदेशमै राख्न सक्ने क्षमता कर्णालीसँग रहेकाले त्यसको पहिचान गरी सही उपयोग गरिनुपर्नेमा जोड दिए। उनले भने, ‘युवाहरूलाई विशेषगरी कृषिमा आकर्षित गर्नुपर्छ। यहाँको सबैभन्दा बढी सम्भावना रहेको स्याउ र सुन्तला खेतीमा युवाहरूलाई जोड्न लाग्नुपर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *