धोबीखोला कोरिडोरमा रहेको सात तले घरमा डोजर चल्यो (तस्बिरसहित)

डिसी नेपाल
२० वैशाख २०८३ १३:२५

काठमाडौं। काठमाडौं महानगरपालिकाले नदी किनारा र कोरिडोर क्षेत्रमा रहेका अतिक्रमित संरचना हटाउने अभियानलाई थप तीव्र बनाएको छ। यसै क्रममा आइतबार अनामनगरस्थित धोबीखोला कोरिडोरमा रहेको चर्चित सात तले घरमा अन्ततः महानगरको डोजर चलेको छ।

धोबीखोलाको बहाव क्षेत्र मिचेर बनाइएको भनिएको उक्त भवन भत्काउन महानगरले यसअघि नै सूचना जारी गरेको थियो। खोला र नदी किनाराका सरकारी जग्गा मिचेर बनाइएका संरचनाहरू हटाउने काठमाडौँ महानगरको नीतिअनुसार आइतबार बिहानैदेखि सुरक्षाकर्मी र डोजर परिचालन गरी भवन भत्काउने काम सुरु गरिएको हो।

ड्रोनबाट लिइएका तस्बिरहरूमा यो विशाल संरचना भत्काउन थालेको दृश्य निकै भयावह र प्रभावकारी देखिएको छ। कोरिडोरको सडक र खोलाको क्षेत्रलाई साँघुरो पारेको उक्त भवन हटाएपछि सो क्षेत्रको ट्राफिक व्यवस्थापन र खोलाको बहावमा सहजता आउने अपेक्षा गरिएको छ। महानगरपालिकाले सार्वजनिक जग्गा र खोला किनारलाई पूर्ववत अवस्थामा फर्काउने अभियानमा कुनै सम्झौता नगर्ने अडान राख्दै आएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *