सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले लगाए दर्ज्यानी चिह्न, सम्हाले संगठनको कमाण्ड

डिसी नेपाल
२१ वैशाख २०८३ ९:५३

काठमाडाैं। सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले पदको दर्ज्यानी चिह्न लगाएका छन्। गृह मन्त्रालयमा आयोजित एक विशेष समारोहका बीच गृहसचिव राजकुमार श्रेष्ठले उनलाई आईजीपीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) को भूमिकामा रहेका पौडेललाई संगठनको सर्वोच्च पद महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेसँगै उनले औपचारिक रूपमा सशस्त्र प्रहरीको नेतृत्व सम्हालेका छन्।

तत्कालीन महानिरीक्षक राजु अर्यालले गत वैशाख १८ गतेबाट अनिवार्य अवकाश पाएपछि रिक्त रहेको सशस्त्र प्रहरी प्रमुखको जिम्मेवारी पौडेलले प्राप्त गरेका हुन्।

दर्ज्यानी चिह्न ग्रहण गरेसँगै उनले सशस्त्र प्रहरी बललाई थप व्यावसायिक, अनुशासित र प्रभावकारी बनाउने प्रतिबद्धतासहित संगठनको कमाण्ड आधिकारिक रूपमा सम्हालेका छन्। मन्त्रालयमा आयोजित उक्त कार्यक्रममा गृह मन्त्रालयका उच्च अधिकारीहरू र सशस्त्र प्रहरीका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *