आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टद्वारा राजीनामा

डिसी नेपाल
३० वैशाख २०८३ १६:५२

काठमाडाैं। नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले आफ्नो पदबाट राजीनामा दिएका छन्।

उनले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेर आफ्नो राजीनामा पत्र बुझाएका हुन्। सरकारले अघिल्लो कार्यकालमा भएका राजनीतिक नियुक्तिहरू खारेज गर्ने नीति लिएसँगै भट्ट दबाबमा परेका थिए।

यसअघि उद्योगमन्त्री गौरीकुमारी यादवले भट्टलाई राजीनामा दिएर सरकारको कामकारबाहीमा सहजता ल्याउन निर्देशन दिएकी थिइन्। मन्त्री यादवले राजीनामा नदिए बर्खास्त गर्ने प्रक्रिया अघि बढाउने चेतावनी समेत दिएको बुझिएको छ।

पछिल्लो समय सरकारले पुराना राजनीतिक नियुक्तिहरूलाई निरन्तरता नदिने निर्णय गरेपछि उनले पद छोड्ने बाटो रोजेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *