यी हुन् कृषि विकास बैंक लुटेको अभियोगमा पक्राउ परेका १२ जना
सबै तस्वीरः आर्यन धिमाल
काठमाडौं। कृषि विकास बैंकको सिस्टम ह्याक गरेर डेढ करोड निकालिएको घटनामा नयाँ खुलासा भएको छ । खासमा यो निकालिएको रकम लुटको ‘मास्टरप्लान’को सानो हिस्सा मात्र थियो। लुटमा मुख्य ‘मास्टरमाइण्ड’ले नेपाली बैंकबाट पूरै ५ अर्ब रुपैयाँ लुट्ने योजना बनाएका थिए । उनले यो ‘मास्टरप्लान’लाई मुम्बइमा बसेर अपरेट गरिरहेका थिए।
यो लुटका मुख्य मास्टरमाइण्ड पिटर हुन् जलाई काले भनेर चिनिन्थ्यो। उनी मुम्बइमा बसेर नेपालमा विभिन्न व्यक्तिहरुलाई परिचालन गरी रकम लुटिरहेका थिए । कालेले विभिन्न नेपालीहरुलाई प्रयोग गरी कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक र नबिल बैंक लगायतका विभिन्न संस्थाहरुमा सिस्टम ह्याकिङ गरी रकम निकाली रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार, कृषि विकास बैंकबाट हालसम्म ४ करोड ७३ लाख ९६ हजार ह्याक भएको छ। पानस रेमिट नयाँ बानेश्वरबाट १२ लाख ह्याक भएको छ। पिटरले मुम्बइमा बसी नेपालका मानिसहरुसँग सम्पर्क गरेको भेटिएको छ। उनले भारतमा उनीहरुलाई बोलाइ मिटिङ गर्ने र कमिसन डिल गर्ने गरेको भेटिएको छ।
विभिन्न बैंक तथा वित्तीय संस्थाको ह्याक गरेको रकम विभिन्न नेपाली ब्यक्तिहरुको नाममा निकाली १५ देनखि ३५ प्रतिशतसम्म कमिसन दिइ हुन्डिमार्फत बाँकी पैसा भारत लैजाने गरेको फेला परेको छ।

प्रहरीले लवाङ तामाङ, लक्ष्मी लामा तामाङ, संजय घले, निर्मला तामाङ, निमा तामाङ, पुष्पराज खड्का, विद्यासागर लामिछाने, श्रवणकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ, शुवन्धर पन्जा, बिजय साह, चन्द्रबहादुर वुढालाई पक्राउ गरेको छ । १२ जना पक्राउ मध्ये बुधबार प्रहरीले ४ जनालाई सार्वजनिक गरेको हो। उनीहरुबाट ४० लाख ५० हजार बरामद भएको छ।

राष्ट्र बैंकले लुटमा बैंककै कर्मचारीहरुको संलग्नता भएको पुष्टि गरेको छ । राष्ट्र बैंकका अनुसार तीन जना कर्मचारीले कृषि विकास बैंकको आफ्नो युजर प्रयोग गरेर विभिन्न खातामा पैसा ट्रान्सफर गरेका थिए । त्यसमध्ये २ करोड हाराहारी ट्रान्सफर गरिएका खातावालाहरुले झिकिसकेका छन्।


No ads found for this position


डिसी नेपाल
yasto vaya paxi nepal ko bank haru laai kasri trust garne????