ज्याकाराण्डाको बैजनी रङले सजिएको काठमाडौं, तस्विर खिच्ने र रमाउनेहरूको भीड (तस्विरसहित)

डिसी नेपाल
२ जेठ २०८३ १९:०७

काठमाडौं। यतिवेला काठमाडौं उपत्यकाको रौनक ज्याकाराण्डा फूलले निकै बढाएको छ। उपत्यकाका मुख्य सडक र चोकहरूमा फुलेका बैजनी रङका ज्याकाराण्डा फूलले सहरलाई थप आकर्षक र मनमोहक बनाएका छन्।

शनिबार सार्वजनिक विदाको अवसर पारेर उपत्यकाका कमलपोखरी, रत्नपार्कस्थित खुलामञ्च, दरबारमार्ग लगायतका क्षेत्रमा घुमघाम गर्ने र रमाउनेहरूको उल्लेखनीय भीड देखिएको छ । विशेषगरी युवापुस्ता स्वदेशी तथा विदेशी पर्यटकहरू बैजनी फूलको पृष्ठभूमिमा तस्विर खिच्न, भिडियो बनाउन र सामाजिक सञ्जाल (टिकटक र इन्स्टाग्राम) का लागि ‘रिल्स’ बनाउन व्यस्त देखिन्छन्।

ज्याकाराण्डा फूल चैतको मध्यदेखि फुल्न थाल्छ । वैशाख र जेठ महिनामा यो पूर्ण रूपमा फुलेर सहरभरि आफ्नो सुन्दरता छर्ने गर्दछ। काठमाडौंका सडक किनारमा ढकमक्क फुलेका यी फूलहरूले सहरको प्रदूषण र कोलाहलकाबीच पनि फूलमा पारखीहरुलाई क्षणिक आनन्द र शान्ति प्रदान गरिरहेको छ ।

हाल कमलपोखरी र रत्नपार्क आसपासका क्षेत्रहरू ज्याकाराण्डाको सुन्दरता नियाल्न र प्रकृतिको आनन्द लिन चाहनेहरूका लागि प्रमुख गन्तव्य बनेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *