अमेरिकामा एयर सोका क्रममा नौसेनाका दुई लडाकु विमान आकाशमै ठोक्किए

डिसी नेपाल
४ जेठ २०८३ ७:१२

काठमाडाैं।अमेरिकाको इडाहोमा आयोजित एक हवाई प्रदर्शनी (एयर सो) का क्रममा अमेरिकी नौसेनाका दुईवटा अत्याधुनिक लडाकु विमान आकाशमै आपसमा ठोकिएर दुर्घटनाग्रस्त भएका छन्।

इडाहोस्थित माउन्टेन होम एयर फोर्स बेसमा सञ्चालन भइरहेको ‘गनफाइटर स्काइज एयर सो’ को प्रदर्शनका क्रममा नौसेनाका दुईवटा ‘ईए-१८जी ग्रोलर’ लडाकु विमान एकापसमा ठोक्किएर भुइँमा खसेका हुन्।

यो भयानक दुर्घटनामा परेर पनि विमानमा सवार चालक दलका सदस्यहरू भने चामत्कारिक रूपमा बच्न सफल भएका छन्।

समाचार एजेन्सी एपीका अनुसार दुवै विमानमा रहेका चालक दलका चारै जना सदस्यहरू विमान जमिनमा बजारिनुभन्दा केही सेकेन्ड अगाडि नै प्यारासुटको माध्यमबाट सुरक्षित रूपमा बाहिर (इजेक्ट) निस्किन सफल भएका हुन्।

आकाशमै विमान ठोकिएर भएको यो ठुलो दुर्घटनाको भित्री कारणबारे अमेरिकी वायुसेना र नौसेनाले अनुसन्धान सुरु गरिसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *