खतरनाक माछा जसलाई छुँदा पनि शरीर नै सड्छ
काठमाडौं। विश्वमा कैयौं विचित्रका जनावरहरु पाइन्छन्। कुनै अनौठा हुन्छन् भने कुनै विषालु हुन्छन्। विश्वमा कोब्रा सर्पलाई सबै भन्दा बढी विषालु जीवको रुपमा मानिएको छ। तर के तपाईहरुलाई थाहा छ ? की कोब्रो भन्दा पनि बढी विषालु जीव यो संसारमा पाइन्छ भनेर।
हो स्टोन फिस भनेर चिनिने जीव कोब्रा भन्दा पनि निकै विषालु र खतरनाक हुन्छ। ढुङ्गा जस्तै देखिने भएर यस जीवलाई स्टोन फिस नाम दिइएको हो। यो माछाले काटे अथवा यसलाई छोए भने मात्रै पनि व्यक्तिको पूरा शरीर सड्न सक्छ।
विश्वका विषालु जनावरमध्येको एक स्टोन फिस प्राय मकर रेखाको वरपर रहेको समुद्रमा पाइन्छ। ढुङ्गाको जस्तै देखिने हुँदा यस जीवलाई सजिलैसँग देखिन सकिदैंन। यो माछाले ०.५ सेकेण्डको रफतारमा आफ्नो विष छोड्ने गर्छ। त्यसैले यसलाई छोए भने मात्रै पनि व्यक्तिको ज्यानै जान सक्छ।
स्टोन फिसको विष निकै विषालु हुने भएकै कारण पानीमा यसको एक थोपा विष मिसिदा पनि निकै खतरानक अवस्था सिर्जना हुन सक्छ।
यो माछाको शरीर भित्रबाट कोमल हुन्छ, तर बाहिरबाट निकै कडा हुन्छ। यसको शरीरबाट एक प्रकारको घातक रसायन निस्कने गर्छ जुन रसायन मानिसको शरीरसँग सम्पर्क हुँदा शरीर सड्न सक्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment