पर्यटन मन्त्रालयका नीति र योजनाबारे छलफल: अन्तर्राष्ट्रिय विमानस्थल र संग्रहालय सुधारमा जोड
काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको भावी नीति, योजना र चालु कार्यक्रमहरूका विषयमा गहन छलफल भएको छ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा पर्यटन मन्त्री खडक राज पौडेलको उपस्थितिमा मन्त्रालयका प्राथमिकता, बजेट विनियोजन र कार्यविधिका विषयमा केन्द्रीकृत छलफल भएको हो।
समिति सभापति सुम्नीमा उदासले बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै नयाँ पर्यटन मन्त्रीको उपस्थितिमा पहिलोपटक बजेट, कार्यविधि र मन्त्रालयका आगामी कार्ययोजनाका विषयमा विस्तृत विमर्श भएको बताइन्।
बैठकमा सांसदहरूले मन्त्री पौडेलको कार्यगत प्राथमिकताका विषयमा राखेका जिज्ञासामाथि प्रश्नोत्तरसमेत भएको थियो।
छलफलका क्रममा देशका अन्तर्राष्ट्रिय विमानस्थलहरूको सेवा र पूर्वाधारलाई आधुनिक रूपमा अपडेट गर्नुपर्ने र राष्ट्रिय संग्रहालयहरूको संरक्षण तथा स्तरोन्नति गरिनुपर्ने विषयलाई मुख्य रूपमा उठाइएको थियो।
बैठकमा परिचयात्मक र नीतिगत प्राथमिकताका विषयमा मात्रै छलफल भएकाले मन्त्रालयलाई तत्कालै कुनै ठोस निर्देशन भने दिनु नपरेको सभापति उदासले स्पष्ट पारिन्।







डिसी नेपाल







Facebook Comment