दुई महिला र दुई पुरुष मृत फेला, दुईको पहिचान हुन बाँकी
काठमाडौं । देशका विभिन्न स्थानमा चार जनाको शव फेला परेको छ।
पर्साको वीरगंज महानगरपालिका-१६ बस्ने ३५ वर्षीया सुनिता ठाकुर आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेकी छन्।
मोरङको रतुवामाई नगरपालिका-५ मल्दैया टोलस्थित बक्रा खोलाको किनारमा पहिचान नखुलेकी अन्दाजी ५५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छन्।
प्युठानको नौबहिनी गाउँपालिका-१ खालीबाङ बस्ने ३४ वर्षीय तुला सिंह शेरचन आफ्नै घर नजिक बुधबार मृत अवस्थामा फेला परेका छन्।
बाराको सिम्रौनगढ नगरपालिका-९ झरौखर पोखरी नजिक बाटो छेउमा पहिचान नखुलेका अन्दाजी २८ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment