चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि १० जनाको आवेदन
काठमाडौं । चिकित्सा शिक्षा आयोगको रिक्त उपाध्यक्ष पदका लागि १० जनाको आवेदन परेको छ। उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले तोकेको अन्तिम म्याद जेठ १३ गतेभित्र १० जनाको दरखास्त परेको हो।
आयोगको नेतृत्वका लागि पूर्वउपाध्यक्षदेखि स्वास्थ्य मन्त्रालयका पूर्वसचिव र चिकित्सा क्षेत्रका प्रतिष्ठित प्राध्यापकहरूले प्रतिस्पर्धा गर्दैछन्।
आवेदन दिनेहरूमा आयोगका पूर्वउपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्वसचिव डा. रोशन पोखरेल रहेका छन्। यसैगरी प्रा. डा. गेहनाथ बराल, प्रा. डा. दिनेशकुमार लम्साल, प्रा. डा. दीपेन्द्र श्रेष्ठ, प्रा. डा. देवेन्द्रबहादुर खत्री, सह-प्रा. डा. प्रमोदकुमार यादव, प्रा. डा. सञ्जयकुमार श्रेष्ठ, प्रा. डा. सुरज बज्राचार्य र प्रा. डा. शैलेश प्रधानले पनि उपाध्यक्ष पदका लागि दाबेदारी प्रस्तुत गरेका छन्।
सिफारिस समितिले प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी अर्को चरणको प्रक्रिया अगाडि बढाएको छ। समितिले आवेदकहरूका लागि कार्ययोजनासहितको सोचपत्र प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मिति तय गरेको छ।
जसअनुसार उम्मेदवारहरूले आगामी जेठ २६ र २७ गते छनोट समितिसमक्ष आफ्नो कार्ययोजना प्रस्तुत गर्नुका साथै अन्तर्वार्तामा सहभागी हुनुपर्नेछ। समितिले प्रस्तुतीकरण र अन्तर्वार्ताको मूल्याङ्कनका आधारमा उत्कृष्ट उम्मेदवारहरूको नाम सरकारलाई सिफारिस गर्नेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment